राहत सामग्री बोकेको हेलिकोप्टर दुर्घटना, तीनजनाको मृत्यु

डिसी नेपाल
४ भदौ २०७६ १६:३८

काठमाडौं । भारत उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा भएको हेलिकोप्टर दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । उत्तराखण्डमा भएको भारी वर्षाका कारण आएको बाढी प्रभावितका लागि राहत सामग्री बोकेर उडेको हेलिकोप्टर बुधबार दुर्घटना भएको हो ।

उक्त हेलिकोप्टर बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको एनडीटीभीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा हेलिकोप्टरका पाइलट कपताल लाल, को–पाइलट शहीलेह र एकजना स्थानीय राजपाल रहेका छन् ।

उनीहरु मोरीबाट मोल्दीतर्फ जाँदै थिए । उद्धारका लागि १० जनाको टोली घटनास्थल पुगिसकेको छ । राज्यमा केही दिनयता भारी वर्षासँगै चट्याङ्, पहिरो र बाढी आइरहेको छ । सयौं मानिसहरुले घर छोडेर भागेका छन् । साताको अन्त्यसम्म २० भन्दा बढी घर बगाइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *