भारतसँग नेपालको फराकिलो हार

डिसी नेपाल
४ भदौ २०७६ १६:४७

काठमाडौं । पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । भारतको कल्याणीमा बुधबार भएको पहिलो खेलमा नेपाल आयोजक भारतसँग ५-० गोल अन्तरले पराजित भएको हो ।

कल्याणी रंगशालामा भारतविरुद्ध खराब प्रदर्शन गरेको नेपालले पहिलो हाफमा ३ गोल खाएको थियो । यस्तै दोस्रो हाफमा दुई गोल खाएको थियो । भारतको जितमा महेसन सिंह, सुभो पाउल, अनिश मजुमदार, टाईसन सिंह र सिद्धार्थले एक एक गोल गरे ।

नेपालविरुद्ध सुरुवातबाटै हावी भएको भारतले पाँचौ मिनेटमा महेसनको गोलबाट अग्रता बनाएको थियो । २४ औं मिनेटमा सुभोले गोल गर्दै भारतको अग्रता २-० को बनाए । खेलको ४३ औं मिनेटमा अनिशले गोल गर्दै पहिलो हाफमा भारतलाई ३-० को अग्रता दिलाए ।

दोस्रो हाफमा भारतले थप दुई गोल गर्यो । खेलको ४९ औं मिनेटमा टाईसनले गोल गर्दा भारत ४-० ले अघि रह्यो । त्यसपछि खेलको ५६ औं मिनेटमा सिद्धार्थले गोल गर्दै भारतलाई ५-० को जित दिलाए ।

यो हारसँगै उपाधि जित्ने लक्ष्य लिएको नेपाललाई धक्का लागेको छ । नेपालले अब शुक्रबार श्रीलंकासँग खेल्नेछ । यस्तै नेपालले तेस्रो खेलमा अर्को मंगलबार बंगलादेश र अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।




प्रतिक्रिया

One thought on “भारतसँग नेपालको फराकिलो हार

Leave a Reply

Your email address will not be published. Required fields are marked *