कश्मीरको त्यो गाउँ जसलाई भारतले पाकिस्तानबाट खोस्यो

नयाँ दिल्ली (बीबीसी) । तुरतुकसम्म पुग्न सजिलो छैन । यो सानो गाउँ उत्तर भारतको लद्दाख क्षेत्रको नुब्रा उपत्याकामा सबैभन्दा टाढा छ ।
यसको एकतर्फ श्योक नदी बग्छ र दोस्रोतर्फ कराकोरम पवर्त श्रृंखलाका अग्ला चुचुरा छन् । तुरतुकसम्म जान र त्यहाँबाट उान केवल एकमात्र बाटो छ । एक विग्रेको सडक लेहको पहाड हुँदै यहाँसम्म पुग्छ ।

बाडुल्की लगाउने सडकका दुबैतर्फ मनोरम दृश्यहरु भरमार छन् । तर त्यो भन्दा पनि रोचक यहाँको इतिहास छ । तुरतुरक एक यस्तो गाउँ हो जसले आफ्नो देशलाई गुमाएको छ ।

भारतको बाल्टी गाउँ
लद्दाखको बाँकी भागमा बौद्ध छन्, जहाँ लद्दाखी तिब्बती बस्छन्, तर तुरतुकर एक बाल्टी गाउँ हो । बाल्टीसम्म नस्लीय समूह छन्, जसका पूर्वज तिब्बती थिए । र जो मुख्यरुपमा पाकिस्तानको स्कर्दू क्षेत्रमा बस्छन् ।

यहाँका गाउँलेहरु नूरबख्शिया मुसलमान हुन्, जो इस्लामको सूफी परम्पराका अंग हुन । उनीहरु बाल्टी भाषा बोल्छन्, जो मुलरुपमा एक तिब्बती भाषा हो।

गाउँका मानिसहरु सुरुवाल कमिज लगाउँछन् । यसका साथै उनीहरुको अरु केही चिजहरु बाल्टिस्तानमा बस्ने आफ्ना नातेदारसँग मिल्दोजुल्दो छन् ।
नियन्त्रण रेखादेखि ६ किलोमिटर अगाडि पाकिस्तानतर्फ जाँदा उनीहरुका बस्तीहरु छन् ।

१९४७ को युद्धपछि तुरतुक पाकिस्तानको नियन्त्रणमा गएको थियो, तर १९७१ को युद्धमा भारतले यसलाई फेरि नियन्त्रणमा लियो ।

सीमाबाट विभाजित गाउँ

सीमाको सुरक्षा चिन्तालाई ध्यानमा राखेर भारतले यस गाउँलाई पाकिस्तानलाई फिर्ता गरेन । १९७१ को युद्धमा त्यो राती यस गाउँका मानिसहरु जो अन्य स्थानमा नातेदारलाई भेट्न वा साथीभाईको घर वा कामका लागि गएका थिए, उनीहरु फेरि कहिल्यै यो गाउँमा फर्केर आएनन् । त्यो बेलादेखि यहाँ भारतको नियन्त्रण छ ।

यहाको सीमा क्षेत्र गएका केही दशकदेखि शान्त छ । र २०१० मा तुरतुक पर्यटकका लागि आवतजावत गर्न खुला गरिएको छ । पर्यटकहरु यहाँ घुमफिर गर्न आउन सक्छन् । र यहाँका मानिसहरुको दैनिकीलाई बुझ्न र देख्न सक्छन् ।

बाल्टी मानिसहरु कराकोरमका ढुंगबाट पर्खाल बनाउँछन् । उनीहरुका घर पनि ढुंगाले बनेका छन् । यहाँसम्मकी खेतको सिँचाईका लागि नल पनि ढुंगाले बनाइएको छ ।

घरेलु कूलिंग प्रविधि
तुरतुकको उँचाई लद्दाखको अन्य क्षेत्रभन्दा कम छ । यो गाउँ समुद्री सतहदेखि मात्र २ हजार ९ सय मिटरमा छ । यहाँ गर्मी मौसममा निकै गर्मी हुन्छ । गाउँलेहरुले स्थानीय परिवेशको प्रयोग गरेर प्राकृतिक ढुंगे शीत भण्डार घरहरुको निर्माण गरेका छन्, जहाँ मासु, नौनी र गर्मीले खराब हुने अन्य चिज पनि राखिएका हुन्छन् । बाल्टी भाषामा यसलाई नांगचुंग भनिन्छ । जसको खर्थ शीत घर हुन्छ ।

ढुंगाबाट बनेका यी बंकर जस्ता घरहरुमा चिसो हावा आउने जाने बनाउका लागि प्वालहरु बनाइएका हुन्छन् । जसको कारण यहाँ राखिएका वस्तु बाहिरको तापक्रमभन्दा चिसो हुन्छन् ।

जताततै हरियाली

तुरतुकको मुख्य खेति जौ हो । यस उँचाईमा यहीमात्र एक अन्न उब्जन्छ । यहाँको कम उँचाईका कारण बाल्टी मासिनहरु कोदो पनि लगाउँछन् । जो हल्का र पोषणले भरपुर हुन्छ ।

तर तुरतुक चर्चित छन् खुबानी र ओखरका लागि । यसको खेति मेहनतको काम हो । यहाँका बाह्रीहरुमा वर्षैभरी काम हुन्छ । कहिले विरुवा लगाउने, कहिले खेति सिहार्ने ।

कराकोरम पवर्त श्रृंखलाको खैरा पहाडहरु र नदीको खोँचमा उजाड जमीनका बीत तुरतुकको हरियाली यहाँ निकै मनोरम देखिन्छ ।

विरासतसँग बफादार

भारत र पाकिस्तानबीच कश्मीरलाई लिएर जति तनाव भए पनि तुरतुकमा जीवन शान्तिसँग बित्छ । यहाँका सबै गाउँलेहरुसँग भारतको परिचय पत्र छ । १९७१ मा कब्जामा आएपछि सबैलाई भारतीय नागरिकता दिइएको थियो ।

नुब्रा उपत्याकाको आधुनिकीकरणको नयाँ प्रशासहरु, नयाँ सडकहरुको निर्माण, स्वास्थ्य सेवा, यातायात र पर्यटन बढ्दा लाग्छ तुरतुकका लागि राम्रा दिनहरु आउँदै छन् ।

तर पनि यहाँ भारतको जस्तो महसूस हुँदैन । खबानीका बगैचा, नूरबख्शिया मस्जिद, ढुंगाका घर र ढुंगाकै सिँचाई कुला यहाँका पहिचान हुन् ।
किसीर तुरतुकको पारम्पारिक व्यञ्जन हो । कोदाको पिठोबाट बनेको रोटीलाई याकको मासु वा खुबानी र ओखरको अचार (जसलाई मस्कट भनिन्छ) सँग पस्किइन्छ ।

पतझडको रंग
तुरतुकको सौन्दर्यता सबैभन्दा धेरै पतझडको मौसममा देखिन्छ । जब पहाडी पीपलका पातहरुको रंग परिवर्तन हुन्छ । खैरो पहाड यी रंगमा ओझेल हुन्छ।

नुब्रा उपत्याका सबै लद्दाखी गाउँ कराकोरमको ढुंगाको उपयोग गर्छन् । तर उनीहरुले बनाएका संरचना त्यति मशिनो हुँदैनन् जति तुरतुकमा देखिन्छ । यहाँ भूकम्प र भूक्षयको जोखिम भने सँधै रहन्छ । तर पनि ढुंगाका पर्खाल शानसँग उभिएका हुन्छन् ।

उर्बर संसार
यो यस्तो स्थान हो जहाँका निवासीहरुले न प्रकृति न उसको प्रभावसँग मिलेर बाँच्नमात्र सिकेका छैनन् त्यसमा रमाएका पनि छन् । यहाँका मानिसहरु आफ्नो पुरानो देशलाई गुमाएर पनि आफ्नो सांस्कृतिक विरासतप्रति इमान्दार छन् । अब संसारभरका पर्यटकहरुको स्वागत गर्दै उनीहरु भविश्यतर्फ हेरिरहेका छन् । (बीबीसीबाट अनुवाद, सबै तस्वीरहरु बीबीसी)

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position