रोनाल्डोले सन्यास लिने समय तोके !

डिसी नेपाल
४ भदौ २०७६ २०:४९

एजेन्सी । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो सन्यासको बिषयमा मुख खोलेका छन् । ईटालियन सिरि ए च्याम्पियन युभेन्ट्सका फरवार्ड रोनाल्डोले आफुले अर्को बर्ष सन्यास लिन सक्ने बताएका हुन् ।

उनले अर्को बर्ष नभए ४० बर्षको उमेरसम्म फुटबल खेल्ने समेत उल्लेख गरेका छन् । रोनाल्डो गत सिजन ईटालियन क्लब युभेन्ट्स गएका थिए । उनले सबै प्रतियोगिताका ४३ खेलमा २८ गोल गरेका थिए । उनले युभेन्ट्सलाई सिरि एको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

पाँच पटकका बालेन डी ओरका विजेता रोनाल्डोले करियर अन्त्य गर्ने बिषयमा अनिश्चितता व्यक्त गरेपनि आफु धेरै टाढा नजाने उल्लेख गरेका हुन् ।
‘सायद म अर्को वर्ष करियर अन्त्य गर्न सक्छु । तर, म ४० वा ४१ बर्षसम्म समेत खेल्न सक्छु’, उनले भने, ‘मलाई थाहा छैन । मैले सधै यस क्षणको मज्जा लगिरहेको छु । उपहार उत्कृष्ट छ । मैले यसलाई उपभोग गर्नैपर्छ ।’

रोनाल्डाले ब्यक्तिगत रुपमा ५ पटक च्याम्पियन्स लिग, तीन प्रिमियर लिग, दुई ला लिगा र एक सिरि एको उपाधि जितेका छन् । ‘मलाई लाग्दैन कि त्यहाँ कुनै फुटबल छन्, जोसंग म भन्दा बढी रेकर्ड छन्’, रोनाल्डोले भनाई छ ।




प्रतिक्रिया

One thought on “रोनाल्डोले सन्यास लिने समय तोके !

Leave a Reply

Your email address will not be published. Required fields are marked *