आईसीसी महिला वरियतामा नेपालको स्थान यथावत

डिसी नेपाल
५ भदौ २०७६ ६:०३

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी–ट्वान्टी क्रिकेट वरियतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहदै १४ औं स्थानमा रहेको हो । अघिल्लो वरियतामा पनि नेपाल १४ औं स्थानमै रहेको थियो ।

नयाँ वरियता अनुसार नेपालले १९ खेलबाट १२८ रेटीङ अंक पाएको छ । नेपालले आईसीसी विश्वकप एसिया छनोट खेल खेलेपछि अन्य अन्तराष्ट्रिय खेल खेलेको छैन । उक्त प्रतियोगितामा नेपाल आयोजक थाइल्याण्डसँग पराजित भएको थियो । थाइल्याण्डसँगको हारसँगै नेपाल उपविजेता बनेको थियो र नेपाल अघिल्लो चरण पुग्नबाट बन्चित भएको थियो ।

एसोसियट राष्ट्रको टी–ट्वान्टी वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अगाडी थाइल्याण्ड र स्कटल्याण्ड रहेका छन् । महिला टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा न्युजिल्याण्ड रहेका छन् । यस्तै चौंथो स्थानमा वेष्ट इण्डिज र पाँचौ स्थानमा भारत रहेका छन् ।

एकदिवसीय वरियतामा भने नेपाल अटाउन सकेको छैन । लामो समयबाट नेपाली महिला टोलीले एकदिवसीय प्रतियोगिता खेलेको छैन। आईसीसीले सार्वजनिक गरेको टी–ट्वान्टीको महिला खेलाडीको वरियतामा नेपालकी सिता राना मगर र नेरी थापा अटाएकी छिन् ।

नेपालकी उपकप्तान सिता अलराउण्डरतर्फ ५७ औं स्थानमा रहेकी छिन् । ब्याटिङतर्फ ८० औं स्थान रहेकी छिन् । बलिङतर्फ पूर्व कप्तान नेरी थापा ८० औं र सिता ९९ औं स्थानस्थानमा रहेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *