पाथीभरा गोल्डकपः इलामलाई पराजित गर्दै सुनसरी फाइनलमा

डिसी नेपाल
५ भदौ २०७६ ६:३९

ताप्लेजुङ । पाथीभरा गोल्डकप प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा एलाभेन एरोज सुनसरीले रेडहर्स क्लब इलामलाई २–० पराजित गर्दैै फाइनलमा प्रवेश गरेको छ ।

खेलको ३५ औं मिनेटमा एलाभेन एरोजका विदेशी खेलाडी यानीक ओनाले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै खेलको ८९ औँ मिनेटमा एलाभेन एरोज सुनसरीका खेलाडी श्याम चौधरीले थप एक गोल गर्दै जितको सम्भावना दोब्बर बनाए ।

प्रतियोगिताअन्तर्गत बिहीबार डाँगीहाट क्लब मोरङ र रेडस्टार क्लब झापाबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । खेलको विजेजाले एलाभेन एरोज सुनसरीसँग शुक्रबार फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले ५ किलोग्राम चाँदी र ३ तोला सुनजडित कपसहित ३ लाख ११ हजार रुपैयाँ र उपविजेताले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *