टीआईए र रुपिजलाई उपाधि

डिसी नेपाल
५ भदौ २०७६ २०:०७

काठमाडौं। टीआईए र रुपिजले चौथो बीआईबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । टीआईए सिनियर ब्वाइज तथा रुपिज सिनियर गल्र्समा च्याम्पियन बने ।
ब्वाइज फाइनलमा टीआईएले आयोजक बौद्ध इन्टरनेसनल स्कुललाई ७४–६५ ले पराजित गर्यो । टीआईएको जितमा सम्राट गुरुङले ३० अंक योगदान गरे।

गल्र्स फाइनलमा साइसा प्रधानको २२ अंक सहयोगमा रुपिजले द चाँदबागलाई ३६–३५ को साँघुरो अन्तरले हरायो । साइसा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् । ब्वाइजमा टीआईएका तेन्जिङ शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।

ब्वाइजमा आयोजक बौद्धका पिरातात लिम्पु तथा गल्र्समा चाँदबागी सुर्मा थेबे प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । लिम्पुले १ सय ४६ अंक तथा सुर्माले ७५ अंक जोडे । ब्वाइजमा एडभान्सले अनुशासित टिमको उपाधि हात पा¥यो ।

विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुई सातासम्म चलेको प्रतियोगिताको ब्वाइजमा १६ तथा गल्र्समा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *