सागको प्रशिक्षणमा रहेका कबड्डी खेलाडीलाई जुत्ता र पोशाक

डिसी नेपाल
५ भदौ २०७६ २०:३६

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रशिक्षणमा रहेका कबड्डी खेलाडीलाई जुत्ता र जर्सी प्रदान गरेका छन् । कमजोर आर्थिक अवस्थाका ५ पुरुष र ७ महिला गरी १२ खेलाडीलाई सामाग्री प्रदान गरिएको हो ।

पुरुष खेलाडीमा धीरज चौधरी, रामनाथ थारु, रामप्रसाद थारु, कढाईं थारु र रामु टमाटा तथा महिलामा सिर्जना थारु, पार्वती थारु, पूजा चौधरी, पुस्तिका चौधरी, अन्जली साह, रविना चौधरी र गीता औजी रहेका छन् ।

निमित्त सदस्य–सचिव गुरुङले उनीहरुलाई बिहीबार सामाग्री हस्तान्तरण गरे । राखेपका सदस्य एकेन्द्र कुवँरले पनि सोही खेलाडीहरुलाई सामाग्री उपलब्ध गराउन नगद १५ हजार रुपैयाँ कबड्डीका प्रमुख प्रशिक्षक तारासिंह भाटलाई प्रदान गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *