जुडो टोली जापान जाने

डिसी नेपाल
५ भदौ २०७६ २१:००

काठमाडौं। विश्व जुडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली जुडो टोली शनिबार जापानको टोकियो जाने भएको छ । अगष्ट २५ देखि सेप्टेम्बर १ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुष ६० केजीमुनि मोहन बम तथा ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । मोहन अस्ट्रेलियाको मेलबर्नमा रहेकाले त्यत्तैबाट जापान जाने छन् । महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले खेल्नेछिन् ।

प्रशिक्षकमा जुडो मुख्य प्रशिक्षक वीरेन्द्र रन्जित छन् । टोलीलाई संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *