नेयमारसँग छलफल गर्न रियलका पदाधिकारी पेरिसमा

डिसी नेपाल
५ भदौ २०७६ २३:१४

पेरिस (एजेन्सी) । ब्राजिली स्टार नेयमारको अनुबन्धनको बिषयमा छलफल गर्न रियल मड्रिडका प्रतिनिधि पेरिस पुगेका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमारको बिषयमा छलफल गर्न रियल मड्रिडका प्रतिनिधि पेरिस पुगेका हुन् । रियल मड्रिड ब्राजिली स्टारलाई अनुबन्धन गर्न निकै जोड दिइरहेको छ ।

नेयमारले आफु लिग वान छाड्ने स्पष्ट रुपमा बताएपछि स्पेनिस दुई महारथी क्लब पीएसजीसंग छलफलमा छन् । अनेकौ विकल्पको बिषयमा तीन क्लबबीच छलफल भएको छ । बार्सिलोना आफ्ना पूर्व खेलाडी नेयमारलाई कुनै हालतमा क्लबमा फर्काउन चाहन्छ । तर उसंग नेयमार किन्नका लागि आवश्यक पैसा उपलब्ध छैन ।

मड्रिडले नेयमारलाई क्लबमा अनुबन्धन गर्ने उपयुक्त प्रस्ताव पीएसजीसंग पेश गर्ने तयारी गरेको छ । बार्सिलोना भन्दा राम्रो आर्थिक अवस्था भएको रियलले प्रतिद्वन्दी क्लबको तुलनामा नेयमारलाई मनाउन सकिने विश्वास लिएको छ ।

उसले नेयमारलाई अनुबन्धन गर्न चाहिने तलबको व्यवस्था समेत आफुले उपलब्ध गराउन सक्ने अपेक्षा गरेको छ । फ्रान्सेली क्लब पीएसजी समेत नेयमारको ब्यवहारलाई लिएर ब्राजिली फरवार्डलाई बेच्न चाहन्छ । तर उसले नेयमारका लागि २ सय ५० मिलियन युरो पैसा खोजेको छ ।

रियल मड्रिड अहिले नयाँ टिम संरचना बनाउने तयारीमा छ । जिनेदिन जिदानको आगमनसंगै रियलले ईडेन हजार्डलाई क्लबमा अनुबन्धन गरिसकेको छ ।

मड्रिड क्लब प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडका पोउल पोग्बासंग समेत जोडिएको थियो । तर उसले युरोपेली सरुवा बजार सकिनु अघि नेयमारलाई अनुबन्धन गर्न सबै शक्ति प्रयोग गर्ने तयारी गरेको छ ।

बार्सिलोनाले पछिल्लो हप्ता नेयमारको बिषय उपयुक्त प्रस्ताव पेश गर्ने तयारी गरेको छ । नेयमारलाई किन्ने प्रस्ताव सहित तत्काल लोनमा लैजाने विकल्प बार्सिलोनासंग छ । तर पीएसजीले यसअघि बार्सिलोनाले राखेको प्रस्तावलाई अस्विकार गरिदिएको छ । नेयमार क्लब फुटबलको ईतिहासमा सर्वाधिक महङ्गो मुल्यमा फ्रान्सेली क्लब पीएसजी आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *