स्थानीय जनतामा आर्थिक परिवर्तन आवश्यक छ : मन्त्री जम्मकट्टेल

डिसी नेपाल
५ भदौ २०७६ २३:३९

भीमफेदी । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले अवैध गाँजा र अफिम खेतीलाई दीर्घकालसम्म अन्त्य गर्न स्थानीय जनताको आर्थिकस्तरमा परिवर्तन आउनुपर्ने बताएका छन्।

उनले भने, ‘स्थानीय जनताकै हृदयमा परिवर्तन नगरेसम्म अफिम र गाँजा खेती अन्त्य हुँदैन।’ मन्त्री जम्मकट्टेलले गृह मन्त्रालयको लागुऔषध नियन्त्रण महाशाखाद्वारा आज हेटौँडामा आयोजित लागुऔषध ओसारपसार नियन्त्रण र वैकल्पिक विकास र उपचार तथा पुनःस्थापना केन्द्रसँग सेवा प्रभावकारितासम्बन्धी अन्तरक्रियामा स्थानीय गाउँमा बसोबास गरेका विभिन्न जाति, धर्म, संस्कृतिका समुदायप्रति आर्थिक जीवनलाई मजबुत बनाउन सके जनतामा जागरण पैदा हुने बताए।

उनले अवैध गाँजा र अफिमखेती गराउने कार्यको लागि प्रत्येक गाउँगाउँमा पुगेर स्वदेशी र विदेशी लगानीकर्ताले स्थानीय कृषकलाई आर्थिक लोभबाट प्रोत्साहन गर्ने गरेकाले त्यस्ता लगानीकर्तालाई सरकारले पहिचान गरी कडा कारवाही गर्न तत्पर रहेको बताए।

गृह मन्त्रालयका सहसचिव नारायणप्रसार शर्मा दुवादीले अवैध गाँजाखेती गर्ने कृषकलाई कानूनी कारवाही गरी कारागारमा थुनामा राखेर मात्रै दीर्घकाल गाँजा, अफिमखेती र ओसारपसार अन्त्य नहुने उल्लेख गर्दै स्थानीय निकायले चरणबद्धरुपमा उनीहरूलाई वैकल्पिक आयआर्जनको लागि के गरेर सुधार गर्न सकिन्छ भन्ने विषयमा गुरुयोजना बनाउन आवश्यक परेको बताए।

उनका अनुसार सातवटै प्रदेशमा हाल एक लाख ५६ हजार लागुऔषधका दुव्र्यसन रहेको उल्लेख गर्दै तीमध्ये करीब नौ हजार दुव्र्यसनीले पुनःस्थापन केन्द्रमा अहिले उपचार सेवा लिइरहेका छन्।

गृह मन्त्रालय लागुऔषध नियन्त्रण महाशाखाका उप–सचिव झंकनाथ ढकालले मन्त्रालयले लागुऔषधको उपयोग गर्ने ३४ जिल्लामध्ये चितवन, मकवानपुर, धादिङ जिल्ला गाँजा र अफिम खेतीको लागि बढी प्रभावित भएको तथ्याङ्क प्रस्तुत गरे।

मकवानपुरका प्रजिअ आस्मान तामाङले कृषकलाई पर्याप्त आर्थिक आय गर्न सक्ने खेती लगाउने कार्यको लागि प्रदेश सरकारले आफ्नो प्रदेशका जिल्लामा छुट्टै गुरुयोजना ल्याउन आग्रह गरे।

सो अन्तरक्रिया कार्यक्रममा मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले मकवानपुरको र बारा जिल्लाको तर्फबाट प्रहरी नायब उपरीक्षक रन्जितसिंह राठौरले स्थानीय कृषकले जग्गा जमीनमा लगाउँदै आएको गाँजा, अफिमको बोट र ब्याड नष्ट गरिएको झलक प्रस्तुत गरिएको थियो।

प्रदेश नं ३ अन्तर्गत पर्ने धादिङ, चितवन र मकवानपुर जिल्लामा अवैध गाँजा र अफिम खेती गरी भारत निकासी गर्ने प्रभावित जिल्लाभित्र समावेश भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *