घानाका पूर्व खेलाडी अगोगोको निधन

डिसी नेपाल
६ भदौ २०७६ ६:०३

एजेन्सी । अफ्रिकी मुलुक घानाका पूर्व स्ट्राइकर जुनियर अगोगोको निधन भएको छ । इंग्ल्याण्डको च्याम्पियन्स क्लब नटिङघम फोरेस्टका पूर्व स्ट्राइकर अगोगोको ४० वर्षको उमेरमा निधन भएको हो ।

इन्ग्लिश मिडिया मिररको अनुसार उनको निधन बिहिबार बिहान लण्डनमा भएको हो । अगोगोले सन् २०१५ मा फुटबलबाट सन्यास लिएका थिए । उनि ढाडको समस्याले पीडित रहेका थिए ।

सन् २००८ मा घानाले अफ्रिका कप अफ नेसन्सको आयोजना गर्दा अगोगो घानाको स्टार खेलाडी थिए । उनले घानाबाट २७ खेलमा १२ गोल गरेका थिए । सन् २००६ देखि २००८ सम्म नटिङघम फोरेस्टबाट खेलेका उनले क्लबका लागि २० गोल गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *