टोरिनोविरुद्ध जित निकाल्दै उल्भ्स यूरोपा लिग छनोटको नजिक

डिसी नेपाल
६ भदौ २०७६ ७:१९

एजेन्सी । उल्भ्स युरोपा लिग छनोटको नजिक पुगेको छ । प्लेअफ अन्तर्गत पहिलो लेगको खेलमा ईटालियन क्लब टोरिनोमाथि ३–२ को जित निकाल्दै उल्भ्स छनोट नजिक पुगेको हो ।

खेलमा अग्रता उल्भ्सले ४३ औ मिनेटमा सिल्भा नासिमेन्टोको आत्मघाति गोलबाट लिएको थियो । डियोगो जोटाले ५९ औ मिनेटमा गोल गर्दै उल्भ्सको अग्रता दोब्बर बनाउने काम गरे ।

६१ औ मिनेटमा लोरेन्जो डी सिल्वेस्ट्रीले गोल गर्दै घरेलु टोली टोरिनोलाई खेलमा फर्काउने कोशिश गरे । तर ७२ औ मिनेटमा राउल जिमेनेजले गोल गर्दै पाहुना टोलीलाई ३–१ को स्थितीमा ल्याएका थिए ।

खेल सकिन एक मिनेट बाँकी छदाँ एन्ड्रिया बेलोटीले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको हार अन्तर घटाउने काम गरे । दोस्रो लेगको खेल अगष्ट २९ मा हुनेछ । विजेता टोली युरोपा लिगमा छनोट हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *