यू–१९ एसिया कप खेल्न नेपाली टोली शनिबार श्रीलंका जाने

डिसी नेपाल
६ भदौ २०७६ ७:५३

काठमाडौं । श्रीलंकामा आयोजना हुने एसीसी यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टोली शनिबार प्रस्थान गर्ने भएका छन् ।

नेपाली टोली शनिबार अपरान्ह ३ः४५ मा श्रीलंका प्रस्थान गर्ने भएका छन् । प्रतियोगिता अघि नेपालले केहि अभ्यास खेल समेत खेल्नेछ। भदौ १९ देखि सुरु हुने प्रतियोगिताका लागि नेपालले बिहिबार रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । समूह बी मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।

नेपाल गत महिना मलेसियामा सम्पन्न एसीसी यू–१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एसिया कपमा छनोट भएको थियो । अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

नेपाली टोलीः रोहितकुमार पौडेल (कप्तान), पवन सर्राफ, कमलसिंह ऐरी, रित गौतम, हरिबहादुर चौहान, भिम सार्की, मोहमद आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, राशिद खान, सागर ढकाल, खडक बहादुर बोहोरा, सूर्य तामाङ, लोकेश बम र प्रतिष जिसी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *