सेन्ट्रल जोन भलिबलः उपाधिका लागि उज्वेकिस्तान र किर्गिस्तान भिड्ने, नेपाल पाँचौ स्थानका लागि आज खेल्दै

डिसी नेपाल
६ भदौ २०७६ ८:२९

काठमाण्डौ । नेपालमा जारी एसियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि उज्वेकिस्तान र किर्गिस्तान खेल्ने भएका छन् ।

बिहीबार भएको सेमिफाइनल खेलमा उज्वेकिस्तानले माल्दिभ्सलाई ३–० ले हराउँदा किर्गिस्तानले पनि तुर्कमेनिस्तानलाई ३–० कै सोझो सेटमा पराजित गर्दै फाइनलमा भेट पक्का गरेका हुन्। च्याम्पियनसिपको फाइनल शनिबार दुइ बजेपछि हुनेछ ।

किर्गिस्तान दोस्रो उपाधि जित्ने लक्ष्यमा रहँदा उज्वेकिस्तान पहिलो उपाधिको खोजीमा रहनेछ । किर्गिस्तान तेस्रो संस्करणको च्याम्पियन हो । अब प्रतियोगिताको तेस्रो स्थानका लागि माल्दिभ्स र तुर्कमेनिस्तान खेल्ने छन् । यता समूह चरणबाट नै बाहिरिएको नेपालले पाँचौ स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र अफगानिस्तानबीचको खेलमा दिउँसो ३ बजेपछि लगनखेलमा रहेको नेपाली सेनाको कभर्डहलमा हुनेछ । घरेलु कोर्टमा नेपाल जारी च्याम्पियनसिपमा पहिलो जितको खोजीमा कोर्टमा उत्रनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *