नेइमार रियल मड्रिड जाने, बदलामा रियलले तीन खेलाडीसँगै १०० मिलियन युरो दिने

डिसी नेपाल
६ भदौ २०७६ १५:४१

काठमाडौं। स्पेनका दुई महारथी क्लवहरु बार्सिलोना र रियल मड्रिड अहिले नेइमारलाई भित्र्याउने प्रतिस्पर्धामा छन् । नेइमारका विषयमा कुरा गर्न अहिले रियलका पदाधिकारी पेरिस पुगेका छन् । यही बीचमा रियलले पिएसजीलाई निकै आकर्षक अफर गरेको छ र पिएसजी यो अफरमा हमत भएको बताइएको छ ।

एल इक्विपलाई उद्धृत गर्दै स्पेनिस मिडिया मार्काले लेखेअनुसार मड्रिडले पिएसजीलाई १०० मिलियन युरोसँगै ग्यारेथ बेल, केलर नाभास र जेम्स रोड्रिगुएज समेत दिने अफर गरेको थियो । पिएसजी पनि यो अफरमा नेइमारलाई बेच्न पाउँदा खुसी छ तर उनीहरु यो डील आफ्नो शर्तमा गर्न चाहन्छन् र उनीहरुले नेइमारलाई किन्दा तिरेको २२२ मिलियन युरो लगानी उठाउन चाहन्छन् ।

नेइमारको लागि दिन लागिएका रियलका तीन खेलाडी पनि रियल छाड्न चाहन्छन् । यद्यपि उनीहरु यो सिजन पिएसजीका लागि खेल्ने अपेक्षा भने गरिएको थिएन । र, उनीहरुलाई नेइमारको बदलामा यसरी दिइनेछ भन्ने पनि अपेक्षा थिएन । केलरले क्लवसँग आफू जान चाहेको बताइसकेका छन् । बेल भने आश्चर्यजनक रुपमा अघिल्लो खेलमा खेलेका थिए र अबको खेलमा रियल भालाडोलिडविरुद्ध जेम्स पनि खेल्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *