रोनाल्डोले भने –‘मलाई उत्कृष्ट खेलाडी मेस्सीले बनाएका हुन्’

डिसी नेपाल
६ भदौ २०७६ १५:५५

काठमाडौं। युभेन्टसका पोर्चुगिज सुपरटार क्रिस्टियानो रोनाल्डोले आफूलाई उत्कृष्ट खेलाडी बनाउनुको श्रेय बार्सिलोनाका अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीलाई दिएका छन् । उनले मेस्सीको लागि ठूलो सम्मान पनि प्रदर्शन गरे ।

‘मेस्सीले मलाई उत्कृष्ट खेलाडी बनाएका हुन् भन्ने कुरामा मलाई कुनै शंका छैन’ टिभी वानसँगको कुराकानीका क्रममा रोनाल्डोले भने ‘जब उनले मलाई ट्रफीहरु जितेको देख्छन्, यसले उनलाई पक्कै पनि चोट पुर्याएको हुनुपर्छ । उनले जित्दा मलाई पनि त्यस्तै चोट पुग्छ ।’ यही प्रतिस्पर्धाका कारण आफूलाई उत्कृष्ट खेलाडी बन्न प्रेरणा प्राप्त भएको उनले बताए ।

रोनाल्डोले मेस्सीको करिअरको प्रशंशा गर्दै आफूले स्पेन छाड्दा मेस्सीले निराशा जनाएको खुलासा गरे । रोनाल्डोले भने ‘उनले हामी दुईबीचको प्रतिस्पर्धालाई सम्मान दिएका थिए त्यसैले मैले ला लिगा छाड्दा उनले निराशा जनाएका थिए ।’ रोनाल्डोले आफू मेस्सीसँग डिनरको लागि तयार भएको समेत बताए । ‘१५ वर्षसम्म मेरो र मेस्सीको निकै उत्कृष्ट व्यवसायिक सम्बन्ध रह्यो र हामीले उस्तै किसिमका पलहरु साझा गर्यौं’ रोनाल्डोले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *