एशेजमा इंग्ल्याण्डको लज्जास्पद प्रदर्शन, एक ब्याट्सम्यानलेमात्र बनाए दोहोरो अंकको स्कोर

डिसी नेपाल
६ भदौ २०७६ १९:०३

लण्डन (एजेन्सी)। इंग्ल्याण्डमा जारी द एशेज टेष्ट सिरिजको तेस्रो खेलमा घरेलु टिम इंग्ल्याण्डले निराशाजनक ब्याटिंग गरेको छ। लीड्समा जारी खेलको शुक्रबार दोस्रो दिन इंग्ल्याण्ड आफ्नो पहिलो इनिंगमा ६७ रनमा अलआउट भयो। १९४८ देखि यता एशेजमा इंग्ल्याण्डले बनाएको यो सबैभन्दा न्युन स्कोर हो।

इंग्ल्याण्डका १० जना ब्याट्सम्यानले १० भन्दा तलको स्कोरमा रन बनाए। एकजनालेमात्र दोहोरो अंकको स्कोर बनाउँदा जोय डेन्लीले मात्र १२ रन बनाए। कप्तान जोय रुट शून्यमा आउट भए।

अष्ट्रेलियाका जोस हेजलवुडले घातक बलिंग गर्दै ५ विकेट लिए। यस्तै पाट कमिन्सले ३ विकेट लिँदा जेम्स प्याटिशनले २ विकेट लिए।

अष्ट्रेलियाले पहिलो इनिंगमा बिहीबार १७९ रन बनाएको थियो । शुक्रबार बाँकी खेलका लागि अष्ट्रेलियाले आफ्नो दोस्रो इनिंग शुरु गर्दैछ । पहिलो इनिंगमा अष्ट्रेलियाले ११२ रनको अग्रता लिएको छ। पहिलो इनिंगमा इंग्ल्याण्डका जोफ्रा आर्चरले ६ विकेट लिएका थिए।

पहिलो टेष्ट अष्ट्रेलियाले जितेको थियो भने दोस्रो टेष्ट ड्र भएको थियो। तेस्रो टेष्मा अष्ट्रेलिया बलियो स्थितिमा देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *