अफगानिस्तानलाई पाखा लगाउँदै नेपाल पाँचौ

डिसी नेपाल
६ भदौ २०७६ २२:३८

काठमाडौं । नेपालले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा पाँचौं स्थान हासिल गरेको छ ।

शुक्रबार भएको पाँचौं स्थानको प्ले अफ खेलमा अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै नेपाल पाँचौं भएको हो ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा नेपालले अफगानिस्तानलाई २५–२३, २३–२५, २५–१८ र २६–२४ को सेटमा पराजित गर्यो ।

प्रतियोगितामा नेपालको यो सान्त्वना जित हो । यसअघि नेपाल जितविहीन बन्दै समूह चरणबाट बाहिरिएको थियो । समूह ए मा रहेको नेपालले समूह चरणमा किर्गीस्तान र माल्दिभ्ससँग ३–० को सोझो सेटमा हार व्यहोरेको थियो ।

नेपालसँगको हारसँगै अफगानिस्तानले छैटौं स्थानमा रहेर प्रतियोगिता सकाएको छ । अफगानिस्तानले समूह चरणमा १ जित निकालेको थियो ।

प्रतियोगिताको फाइनलमा भने शनिबार उज्वेकिस्तान र किर्गीस्तानबीच प्रतिस्पर्धा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *