डर्टमण्डको दोस्रो जित, १९ वर्षीय साञ्चोको उत्कृष्ट प्रदर्शन

डिसी नेपाल
७ भदौ २०७६ ६:४४

एजेन्सी । बोरुसिया डर्टमण्डले बुन्डेसलिगामा लगातार दोस्रो जित दर्ता गराएको छ । जाडोन साञ्चोले एक गोल गर्दै अर्को गोलको अवसर सिर्जना गरेपछि डर्टमण्डले शुक्रबार राति भएको खेलमा लिगमा नव प्रवेशी क्लब कोलोनलाई ३–१ गोल अन्तरले हराएको हो ।

२९ औ मिनेटमा डोमिनिक ड्रेक्सलरले घरेलु टोली कोलोनलाई सुरुवाती अग्रता दिलाएका थिए । खेल सकिन २० मिनेट बाँकी छदाँ साञ्चोले बराबरी गोल फर्काए । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अचरफ हकिमीले ८६ औ मिनेटमा डर्टमण्डलाई अग्रता दिलाए ।

खेलको ईन्जुरी समयमा साञ्चोको पासमा पाको अल्केसरले गोल गर्दै डर्टमण्डको जित सुनिश्चित गरे । डर्टमण्ड दुई खेलमा ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । १९ बर्षका साञ्चोले बुन्डेसलिगाको सुरुवाती दुवै खेलमा गोल गरेका छन् । उनले सन् २०१७ मा क्लबसंग जोडिएपछि १५ गेल गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *