प्रिमियर लिगः एस्टन भिल्लाको पहिलो जित, एभर्टन पराजित

डिसी नेपाल
७ भदौ २०७६ ७:१७

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले पहिलो जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा एस्टन भिल्लाले एभर्टनलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा भिल्ला क्लबले एभर्टनलाई २–० ले स्तब्ध बनाएको हो । ब्राजिली खेलाडी वेस्लेले गोल गर्दै घरेलु टोलीलाई २१ औ मिनेटमा अग्रता दिलाए । खेलको ईन्जुरी समयमा अनवर एल गाजीले गोल गर्दै क्लबको जित सुनिश्चित गरे ।

तेस्रो खेलमा आएर भिल्ला क्लबले ३ अंक जोड्न सफल रह्यो । उसले तालिकामा ११ औ स्थान प्राप्त गर्यो । एभर्टनले लिगमा पहिलो हार ब्यहोर्यो । उसले सुरुवाती दुई खेलमा एकमा जित र अर्कोमा बराबरीको नतिजा निकालेको थियो । एभर्टन ४ अंक सहित तालिकाको नवौं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *