सेन्ट्रल जोन भलिबलः नेपाल पाचौँ, उपाधि भिडन्त आज

डिसी नेपाल
७ भदौ २०७६ ९:०८

काठमाडौं । एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रीतयोगिताको उपाधि भिडन्त आज हुँदैछ ।

नेपालमा पहिलो पटक आयोजना भएको प्रतियोगिताको उपाधि भिडन्तमा दक्षिण एसियाली क्षेत्र बाहिरका दुई राष्ट्र भिड्नेछन् । उपाधिमा उज्वेकिस्तान र किर्गिस्तानले प्रतिस्पर्धा गर्दैछन् । ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने फाईनल दिउँसो २ बजे सुरु हुनेछ ।

माल्दिभ्सलाई हराउँदै उज्वेकिस्तान फाईनल पुगेको हो भने किर्गिस्तानले तुर्कमेनिस्तानलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो । शुक्रबार भएको खेलमा नेपालले अफगानिस्तानलाई हराउँदै पाँचौ भएको थियो । अर्को खेलमा तुर्किमेनिस्तानले माल्दिभ्सलाई हराउँदै तेस्रो स्थान हासिल गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *