खेलाडीमाथि आतंकवादी हमला भएको १० वर्षपछि पाकिस्तानको भ्रमणमा जाँदै श्रीलंका

डिसी नेपाल
७ भदौ २०७६ १०:१८

एजेन्सी । श्रीलंकाले लामो समयपछि पाकिस्तानमा गएर सिरिज खेल्ने भएको छ । २००९ मा श्रीलंकन टोलीमाथि आतंकवादी हमला भएपछि श्रीलंका पाकिस्तान गएको थिएन । अन्य देशले पनि पाकिस्तान गएर खेल्न अस्वीकार गर्दै आएका छन् ।

उक्त हमलाको १० वर्षपछि सेप्टेरम्बरमा श्रीलंकाले पाकिस्तानमा एक दिवसीय र टी २० खेल्ने तय भएको छ । जसमा तीन एक दिवसीय र तीन टी–२० समावेश गरिएको छ । श्रीलंकाका खेलमन्त्री हारिन फर्नान्डोले भने ‘सिमित ओभरको क्रिकेटका लागि टिम पाकिस्तान पठाउन तयार भए पनि टेस्ट सिरिजका लागि टिम पठाउने अवस्था छैन् ।’

श्रीलंका र पाकिस्तानबीचको टेस्ट सिरिज भने यूएईमा हुने सम्भावना बढी छ । पाकिस्तानमा आतंकवादी हमला भएपछि पाकिस्तानी टिमले यूएईमा अन्तर्राष्ट्रिय तथा घरेलु सिरिज आयोजना गर्दै आएको छ ।

२७ सेप्टेम्बरबाट सुरु हुने एकदिवसीय सिरिज कराँचीमा हुनेछ । यस्तै ५ अक्टोबरबाट सुरु हुने टी–ट्वान्टी सिरिज लाहोरमा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *