धादिङका ज्ञाइन्द्रबहादुरले दिए मन्दिर बनाउन ११ लाख चन्दा
फाईल तस्बिर
धादिङ । धादिङका ज्ञाइन्द्रबहादुर श्रेष्ठले राधाकृष्ण मन्दिर सञ्चालनार्थ नगद रु ११ लाख एक हजार ११ सहयोग गरेका छन्।
सर्वोच्च अदालतका पूर्वन्यायाधीशसमेत रहेका श्रेष्ठले शान्तबजारको राधा कृष्ण मन्दिर सञ्चालनका लागि अक्षयकोषमा राख्ने गरी नगद हस्तान्तरण गरेका हुन्।
चालिस बढी कानूनी पुस्तक प्रकाशन गरिसक्नुभएका पूर्वन्यायाधीश श्रेष्ठले किताव बेचेर आएको रकम मन्दिरलाई प्रदान गरेको बताए।
मन्दिरका संरक्षकसमेत रहेका श्रेष्ठले राधा कृष्ण मन्दिर आफैँ बनाईदिएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment