लगातार दोस्रो जित निकाल्दै सेभिया ला लिगाको शीर्ष स्थानमा

डिसी नेपाल
७ भदौ २०७६ ११:०८

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सेभियाले लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा ग्रानडालाई १–० गोल अन्तरले पराजित गर्दै सेभियाले लगातार दोस्रो जित निकालेको हो । सेभियाको जितमा जोन जोर्डनले निर्णायक गोल गरे । सेभियालाई ३ अंक दिलाउन जोर्डनले ५२ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै सेभियाले २ खेलबाट ६ अंक जोडेको छ । र, सेभिया शीर्ष स्थानमा रहेको छ । ग्रानडाको यो पहिलो हार हो । नडाग्राको २ खेलमा १ अंक रहेको छ। ला लिगाकै अर्को खेलमा लेभान्टेले भिल्ला रियललाई २-१ गोल अन्तरले पराजित गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *