यी खेलाडीले टि–२० इतिहासमा रचे इतिहास, बलिङ र ब्याटिङ दुवैतर्फका ठूला रेकर्ड ध्वस्त

डिसी नेपाल
७ भदौ २०७६ १३:५७

एजेन्सी। कार्नाटकका ३० वर्षका क्रिकेटर कृष्णप्पा गौतमले बल र ब्याटबाट चमत्कारिक प्रदर्शन गरेर नसनी फैलाएका छन् । यी अलराउण्डरले टि–२० क्रिकेटमा अहिलेसम्मकै सर्वोत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका छन् । उनले शुक्रबार रात बैंगलोरको एम चिन्नावामी स्टेडियाममा कर्नाटक प्रिमियर लिगको खेलमा विपक्षी टिमको सातो उडाए ।

आइपिएलमा राजस्थान रोयल्सबाट खेल्ने गौतमले बेल्लारी टस्कर्सको लागि खेल्दै शिवमोगा लायन्सविरुद्ध ५६ बलमा नटआउट १३४ रन बनाए । त्यसपछि उनले आफ्नो अफस्पिन बलिङबाट ४ ओभरमा १५ रन दिएर ८ विकेट लिए । टि–२० क्रिकेटमा अहिलेसम्म कसैले पनि एक इनिङमा ८ विकेट लिन सकेको छैन । उनको धमाकेदार अलराउण्डर प्रदर्शनपछि उनको टिमले ७० रनको जीत हासिल गरेको छ ।

गौतमले केपीएलका कैयौं रेकर्ड ध्वस्त पारेका छन् । उनको १३४ नटआउट स्कोर केपीएलको सर्वोच्च व्यक्तिगत स्कोर हो । उनले ३९ बलमा शतक पूरा गरे जुन केपीएलको सबैभन्दा छिटो शतक हो । उनले आफ्नो इनिङमा १३ छक्का हाने जुन केपीएलमा एक इनिङमा सबैभन्दा धेरै छक्काको रेकर्ड हो । उनले बलिङतर्फ ४ ओभरमा १५ रन दिएर ह्याट्रिकसहित ८ विकेट लिए । जुन टि–२० क्रिकेट इतिहासमै बलिङतर्फ सबैभन्दा उत्कृष्ट स्पेल हो । उनले यो खेलमा २ क्याच पनि लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *