ला लिगामा तालिकाको शीर्षमा पुग्ने रियल मड्रिडको दाउ

डिसी नेपाल
७ भदौ २०७६ १५:१५

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार क्लब रियल मड्रिडले शनिबार रियल भालाडोलिटसँग प्रतिस्पर्धा गर्दैछ । रियलले घरेलु मैदानमा तुलनात्मक रुपमा सहज प्रतिद्वन्दी भालाडोलिटको सामना गर्न लागेको हो । रियल र भालाडोलिटबीचको खेल नेपाली समय अनुसार १०:४५ बजे सुरु हुनेछ ।

सान्टियागो बेर्नाबेउमा पाहुना टोली भालाडोलिटविरुद्ध मैदान उत्रदा रियल दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा सेल्टा भिगोलाई ३-१ गोल अन्तरले पराजित गरेको रियल आफ्नो जितको यात्रालाई कायम राख्न चाहन्छ ।

तर, जिनेदान जिदानको टोलीलाई केहि मुख्य खेलाडीको अभाव हुनेछ । अघिल्लो खेलमा रातो कार्ड पाएका लुका मोड्रिच मैदान उत्रने छैनन् । यस्तै इडेन हजार्ड चोटको कारण प्लेईङ सेट बाहिर रहेका छन् ।

जिदानले ग्यारेथ बेललाई पहिलो रोजाईमा खेलाउने सम्भावना रहेको छ । प्रि-सिजनमा अधिकांस समय टिम बाहिर रहेका बेलले पहिलो खेलमा समेत गोल गरेका थिए ।

यता, भालाडोलिट पनि लगातार दोस्रो जितको खोजीमा मैदान उत्रने छ । पहिलो खेलमा रियल बेटिसलाई २-१ ले हराएको भालाडोलिट रियललाई पनि उसैको मैदानमा हराउने योजनामा रहेको छ ।

ला लिगा अन्तर्गत नै शनिबार इबरले ओसासुनासँग खेल्नेछ । त्यस्तै गेटाफेले एथ्लेटिको बिल्बाओसँग खेल्दा सेल्टा भिगो र भ्यालेन्सियाबीच खेल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *