प्रिमियर लिगमा लिभरपुललाई आर्सनलको चुनौती

डिसी नेपाल
७ भदौ २०७६ १५:४०

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज विभिन्न ६ खेलहरु संचालन हुँदैछ । शनिबार लिभरपुल, म्यानचेस्टर युनाईटेड, चेल्सी, आर्सनल जस्ता ठुला टोलीले प्रतिस्पर्धा गर्दैछन् । प्रिमियर लिगमा शनिबार लिभरपुल र आर्सनलबीचको खेल सबैको पर्खाइमा हुनेछ । किनकी सिजनको तेस्रो साता ठुला क्लब आमनेसामने हुँदैछन् ।

लिभरपुल र आर्सनलबीचको खेल नेपाली समय अनुसार राति १०:१५ मा सुरु हुनेछ । एनफिल्डमा मैदान उत्रदा दुवै टोली जित निकाल्ने योजनामा हुनेछन् । दुवै टोलीले अघिल्ला दुई खेलमा जित निकालेका छन् । समान ६ अंक जोडेको लिभरपुल शीर्ष र आर्सनल दोस्रो स्थानमा रहेका छन् । दुवै टोली तेस्रो जितको खोजीमा रहने हुँदा खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

यस्तै म्यानचेस्टर युनाईटेडले घरेलु मैदानमा क्रिस्टल प्यालेसको सामना गर्नेछ । दुईबीचको खेल ७:४५ मा सुरु हुनेछ । घरेलु मैदानमा युनाईटेड दोस्रो जितको खोजीमा हुनेछ । दुई खेलमा ४ अंक जोडेको युनाईटेड तालिकाको चौंथो स्थानमा छ । १ अंक जोडेको क्रिस्टल पहिलो जितको खोजीमा रहेको छ ।

चेल्सीले नर्विचसँग उसैको मैदानमा खेल्नेछ । चेल्सी र नर्विचबीचको खेल बेलुका ५:१५ मा सुरु हुनेछ । चेल्सी पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । अघिल्ला दुई खेलमा एक हार र एक बराबरी गरेको चेल्सीको १ अंक रहेको छ । ३ अंक जोडेको नर्विच दोस्रो जितको खोजीमा हुनेछ । प्रिमियर लिगमा शनिबार नै वाट्फोर्डले वेष्ट ह्याम, सेफिल्डले लेष्टर सिटी र ब्राइटनले साउथह्याम्पटनसँग खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *