शैयदले तोडे आनन्दको २० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान

डिसी नेपाल
७ भदौ २०७६ १६:३२

काठमाडौं। आनन्द लेप्चाले राखेको २० बर्ष पुरानो राष्ट्रिय कीर्तिमानलाई तोड्दै शैयद हम्जा शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

हङ्गेरीको राजधानी बुढापेष्टमा आयोजना भइरहेको ७ औं फिना बिश्व जुनियर पौडी च्याम्पियनसिप २०१९ मा हम्जाले १०० मिटर बटरफ्लाईमा १ मिनट १.२२ सेकेन्ड समयका साथ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी संघले जनाएको छ । यसअघि आनन्द लेप्चाले १९८९ मा पाकिस्तानमा आयोजना भएको चौथौ दक्षिण एशियाली खेलकुदमा १ मिनट ३.४३ को कीर्तिमान राखेका थिए ।

यस्तै सोही च्याम्पियनसिपमा अदिप्सा बैद्यले पनि आफ्नो नाममा नयाँ कीर्तिमान लेखाएकी छिन् । उनले १०० मि. ब्रेष्ट स्ट्रोकमा टिशा शाक्यले बनाएको १ मि. २५.८२ सेकेन्डको समयलाई पछि पार्दै १ मि. २३.८९ सेकेन्डमा साथ बैद्यले आफ्नो नाममा नयाँ कीर्तिमान लेखाएकी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *