क्रिकेट संघ प्रदेश नम्बर ५ को अध्यक्षमा दुर्गा थापा

डिसी नेपाल
७ भदौ २०७६ १८:०८

काठमाडौं । प्रदेश नम्बर ५ र ६ को संयुक्त प्रादेशिक क्रिकेट संघको अध्यक्षमा दुर्गा बहादुर थापा मगर निर्वाचित भएका छन् । शनिबार सुर्खेतमा सम्पन्न साधारणसभाले दुर्गाको अध्यक्षतामा १३ सदस्सीय कार्यसमित चयन गरेको हो ।

संघको उपाध्यक्षमा कृष्ण प्रसाद श्रेष्ठ, सचिवमा सञ्जय गुरुङ र कोषाध्यक्षमा राजेश श्रेष्ठ निर्वाचित भएका छन् । निर्वाचित सबै सदस्य सर्वसम्मत चयन भएका हुन् । यस्तै सदस्यमा कैलाश रोका मगर, विनय राजभण्डारी तथा महिला सदस्यमा माया ज्ञवाली निर्वाचित भए ।

त्यस्तै सदस्यमा श्रीधर केसी, कृष्ण प्रसाद वस्याल , विनय ज्ञवाली, पदम राज श्रेष्ठ, सकशोर चन्द्र गौतम र संजयराज सिंह निर्वाचित भएको छन् । प्रदेश ६ मा एक मात्र जिल्ला सुर्खेत रहेको कारण उक्त जिल्लालाई प्रदेश पाँचमा गाभिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *