जेसन रोयको टेष्टमा फ्लप शो

डिसी नेपाल
७ भदौ २०७६ १९:०४

लण्डन (एजेन्सी) । क्रिकेटको जननी मानिे इंग्ल्याण्डले हालै पहिलो पटक एकदिवसीय क्रिकेटको विश्व कप जित्दा नायक बनेका उसका ओपनर ब्याट्सम्यान जेसन रोयले यसैवर्षदेखि ब्याट्स म्यानको असली टेष्ट (परीक्षण) हुने क्रिकेटको क्लासिकल प्रारुप टेष्ट क्रिकेटमा पनि पदार्पण गरे।

ओडिआईमा सबैभन्दा खतरनाक ओपनरको पहिचान बनाएका रोयले टेष्टमा सफलता पाउनेमा शंका थियो। क्रिकेट पण्डितलाई यो शंकमा बल पुगेको छ, उनले खेलेका ४ टेष्टका ८ पारीबाट । ओडिआईमा कुनै पनि बलरमाथि लामा शर्टहरु प्रहार गर्न सक्षम रोय टेष्टमा भने फ्लप देखिएका छन्।

गएको जूलाई २४ देखि २६ सम्म इंग्ल्याण्डको लर्डसमा भएको आयरल्याण्डविरुद्धको टेष्टमा रोयले पहिलो पटक रातो बलको सामना गरे। आयरल्याण्ड पहिलो टेष्ट खेलिरहेको थियो, रोय पनि पहिलो टेष्ट खेल्न मैदानमा आए। यी डेब्यूटान्टको प्रतिपस्पर्धामा रोय फेल भए आयरल्याण्ड सफल देखियो। रोयले पहिलो पारीमा मात्र ५ रन बनाए भने दोस्रो पारीमा ३ नम्बरमा ब्याटिंग गरेका उनले ७२ रन बनाए।

यसपछि शुरु भयो टेष्ट क्रिकेटकै सबैभन्दा आकर्षक सिरिज द एशेज । यसै वर्षदेखि आईसीसीले शुरु गरेको टेष्ट विश्व च्याम्पियनसिपको पहिलो खेल पनि थियो यो। इंग्ल्याण्ड भर्खरै विश्वविजेता बनेको थियो। अष्ट्रेलिया भने सेमिफाइनलबाट बाहिरिएको थियो।

इंग्ल्याण्डसँग पराजित भएर विश्वकपबाट बाहिरिएको अष्ट्रेलियाले जारी एशेजमा धमाकेदार प्रदर्शन गरिरहेको छ। इंग्ल्याण्ड भने नाजुक देखिएको छ। जारी टेष्ट सिरजका ३ खेलमा रोयले ६ पटक ब्याटिंग गर्दा कुनै पनि पारीमा उल्लेखनीय प्रदर्शन गर्न सकेका छैनन्। उनले बर्घिहममा भएको पहिलो टेष्टको पहिलो इनिंगमा १० रन बनाए भने दोस्रो इनिंगमा २८ रन। उनकै खराब प्रदर्शनका कारण यो खेलमा अष्ट्रेलिया पराजित हुन पुग्यो।

बराबरी भएको दोस्रो टेष्टमा पनि रोय फ्लप देखिए । लण्डनमा भएको खेलको पहिलो पारीमा उनी शून्यमा आउट भए भने दोस्रो पारीमा मात्र २ रन बनाए। लीड्समा जारी तेस्रो टेष्मा इंग्ल्याण्ड फेरि हार नजिक पुग्दा रोयको फ्ल शो जारी रह्यो। इंग्ल्याण्ड पहिलो पारीमा जम्मा ६७ रनमा समेटिँदा रोयले ९ रन बनाए। शनिबार दोस्रो इनिंगमा उनले ८ रन मात्र बनाए। यो खेलमा इंग्ल्याण्डले ७१ वर्ष यताकै न्युन स्कोर बनाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *