साफ यू–१५ः नेपाललाई बलियो बंगलादेशको चुनौति

डिसी नेपाल
१० भदौ २०७६ ९:४९

काठमाडौं । भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले आज बलियो टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । भारतको कल्याणीमा नेपालले तेस्रो खेलको रुपमा बंगलादेशसँग खेल्न लागेको हो । नेपालले दिउसो ३ः१५ बजेपछि बंगलादेशसँग खेल्नेछ ।

कल्याणी रंगशालामा मैदान उत्रँदा नेपाल स्पष्ट जितको खोजीमा हुनेछ । किनकी उपाधि जित्ने लक्ष्य लिएको नेपाललाई शीर्ष दुईमा पर्दै फाइनलमा स्थान बनाउन बंगलादेशविरुद्ध स्पष्ट जित आवश्यक छ ।

नेपाल तालिकाको तेस्रो स्थानमा रहेको छ । नेपालले २ खेलबाट ३ अंक जोडेको छ । ६ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । शीर्ष स्थानको भारतको पनि ६ अंक रहेको छ । नेपाल पहिलो खेलमा भारतसँग ५–० गोल अन्तरले पराजित भएको थियो । तर, दोस्रो खेलमा नेपालले श्रीलंकालाई २–० ले हराएको थियो ।

नेपालले बंगलादेशपछि अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् ।राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *