वेष्ट इण्डिजविरुद्ध सतक लगाउनुको श्रेय इंग्ल्याण्डलाई किन दिए रहाणेले ?

डिसी नेपाल
१० भदौ २०७६ १०:५४

एजेन्सी । भारतीय टेष्ट टिमका उपकप्तान अजिंख्य रहाणेले वेष्ट इण्डिजविरुद्धको पहिलो टेष्टमा शतक प्रहार गर्नुको कारण इंग्ल्याण्ड रहेको बताएका छन् । घरेलु टोलीविरुद्धको पहिलो टेष्टमा रहाणेले १ सय २ रनको शतकीय इनिङ्स खेल्दै भारतलाई कीर्तिमानी जित दिलाएका थिए ।

लामो समय लय समात्न नसकेका रहाणेले वेष्ट इण्डिज भ्रमणमा भने उत्कृष्ट इनिङ्स खेलेका थिए। भारतलाई जित दिलाएपछि रहाणेले आफ्नो शतकको श्रेय इंग्ल्याण्डलाई दिएका छन् ।

‘यस सिरिज अघि इंग्ल्याण्डमा हैम्पशायरको लागि काउन्टी क्रिकेट खेलेको थिए । यसले मलाई खेलमा निकै मद्दत गर्यो,’ म्यान अफ द म्याच घोषित रहाणेले भने, ‘राम्रो प्रदर्शन गर्न पाउँदा निकै खुसी लागेको छ ।’

रहाणेले २ वर्ष पछी टेष्ट क्रिकेटमा शतक प्रहार गरेका हुन् । अन्तिम पटक उनले सन् २०१७ मा श्रीलंकाविरुद्ध कोलोम्बोमा १ सय ३२ रन बनाएका थिए । त्यस यता १७ टेष्टमा रहाणे शतक बनाउनबाट चुक्दै आएका थिए ।

यस्तै रहाणेले आफ्नो सफलता समर्थकलाई समर्पित गरे । ‘पछिल्लो २ वर्षमा जसले मेरो साथ दिनु भयो यो अवार्ड सबैको लागि समर्पित गर्न चाहान्छु। मलाई लाग्छ हाम्रो लागि पहिलो इनिङ्स निकै महत्वपूर्ण थियो र के एल राहुल र मेरो साझेदारीले राम्रो काम गर्यो ।’ उनले भने

वेष्ट इण्डिजविरुद्ध निकालेको ३ सय १८ रनको फराकिलो जित भारतले विदेशी भूमिमा जितेको सर्वाधिक ठुलो रनको जित हो । जितसंगै भारतले दुई खेलको सिरिजमा १–० ले अग्रता बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *