पराजित भएपछि आक्रोशित भएका होल्डरले भने–सबै ब्याट्सम्यानले आफ्नो अनुहार ऐनामा हेर्नुपर्ने भयो

डिसी नेपाल
१० भदौ २०७६ १२:२४

एजेन्सी । भारतसँग पहिलो टेस्टमा ३१८ रनले पराजित भएपछि वेस्ट इण्डिजका कप्तान जेसन होल्डर आफ्ना ब्याटस्म्यामहरूसँग झोकिएका छन्। उनले टोलीका ब्याटस्म्यानहरूले आफ्नो अनुहार ऐनामा हेर्न आवश्यक रहेको बताएका छन्।

भारतले वेस्ट इण्डिजलाई जितका लागि ४१९ रनको लक्ष्य दिएको थियो तर इण्डिजको पूरा टोली मात्र सय रन बनाउँदा आउट भएपछि होल्डर आफ्ना ब्याटस्म्यानसँग निराश हुँदै झोकिएका हुन्। ‘हाम्रा ब्याटस्म्यानहरूले राम्रो खेलेनन्। यस्तो प्रदर्शन गर्नेले गम्भीररूपले ऐना हेर्नु आवश्यक छ’, उनले भने।

यस क्रममा उनले इण्डिजविरूद्ध मात्र ७ रन खर्चेर पाँच विकेट लिएका भारतीय बलर जसप्रीत बुमराह तारिफ गर्दै उनको समाधान खोज्नुपर्ने बताए। ‘आज फेरि उनले उनी खतरनाक छन् भनेर साबित गरे। उनले केहि शानदार बल फ्याँके। ती बलबाट नै हाम्रा ब्याटस्म्यानहरूलाई बाहिर पठाए। निःशंकोच उनी दमदार बलर हुन् र हामीले निश्चित रूपमा त्यसको समाधान निकाल्नुपर्छ’, होल्डरले भने।

उनले आफ्ना ब्याटस्म्यानहरूको राम्रो खेल्न नसकेको स्वीकार गरे। ‘हाम्रा ब्याटस्म्यानहरूले यो खेलमा राम्रो गर्न सकेनन्। मलाई लाग्छ, त्यो विकेट ब्याटस्म्यानका लागि धेरै राम्रो थियो। नयाँ बलका कारण सुरूमा केहि समस्या भइरहेको थियो। ब्याटस्म्यानका हिसाबले त्यस्तो बेला समस्या हुन्छ। त्यसपछि यसमा ब्याटिङ गर्न सजिलो भएको थियो। यसमा हामीले अलिकति बढि मेहेनत गर्नुपर्थ्यो’, उनले थपे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *