नेइमार बार्सिलोनालाई बेच्न पिएसजी तयार, यी दुई खेलाडीसँगै १०० मिलियन युरो माग्यो

डिसी नेपाल
१० भदौ २०७६ १४:५७

काठमाडौं। फ्रान्सको लिग वन च्याम्पियन पिएसजीले स्पेनको ला लिगा च्याम्पियन बार्सिलोनालाई आफ्ना स्टार खेलाडी नेइमार दिन तयार भएको छ । यसको लागि उसले बार्सिलोनाँग दुई खेलाडीँगै १०० मिलियन युरो मागेको छ । बार्सिलोनाका अधिकारीहरु अहिले यस विषयमा छलफलको लागि फ्रान्समा छन् । यही मौकामा पिएसजीले आफ्नो माग बताएको हो ।

ले पेरिसियनलाई उद्धृत गर्दै स्पेनिस मिडिया मार्काले लेखेअनुसार पिएसजीले बार्सिलोनासँग नेइमारको बदलामा खेलाडीहरु नेल्सन सेमेन्डो र उस्माने डेम्बेलेको साथमा सय मिलियन युरो पनि मागेको छ । अर्को फ्रेन्च मिडिया आरएसीवनका अनुसार यी दुई क्लवका पदाधिकारीबीच आज यस विषयमा छलफल हुने कार्यक्रम छ । आज यस विषयमा बार्सिलोना र पिएसजीबीच निर्णायक दिन हुने अपेक्षा गरिएको छ ।

पिएसजीले नेइमारको मूल्य २५० देखि ३०० मिलियन युरोको बीचमा हुने मूल्यांकन गरेको छ र उसले आफूले मागेका २ खेलाडीको मूल्य १५० देखि २०० मिलियन युरो हुने मूल्यांकन गरेको छ । डेम्बेले र सेमेन्डोले यो सिजन क्लव छाड्ने कुनै तयारी थिएन तर र्बािलोनाले पछिल्लो समय डेम्बेलेमाथि भरोसा गर्न कम गरेको छ । सेमेन्डो अर्नेष्टो भालभर्देको नेतृत्वमा अनटचेबल मानिन्छन् तर यदि उनी गइहाले भने भालभर्देले उनको ठाउँमा राइट ब्याकमा मोउसा वाग वा सर्जी रोबर्टोलाई उतार्न सक्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *