प्रधानधानमन्त्री ओलीलाई भेट्न गौतम र पौडेल सिङ्गापुर जाँदै

डिसी नेपाल
१६ भदौ २०७६ २३:१३

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बुझ्नका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडेल मङ्गलबार सिङ्गापुर जाने भएका छन्।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्नका लागि उनीहरु मङ्गलबार दिउँसो एक बजे त्यसतर्फ जान थालेको महासचिव पौडेलका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए। स्वकीय सचिव पाण्डेका अनुसार प्रधानमन्त्रीसँगै उनीहरु पनि स्वदेश फर्कर्नेछन्। प्रधानमन्त्री ओली भदौ ५ गते उपचारका लागि सिङ्गापुर गएका थिए। उनको उपचार सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा भइरहेको छ ।

प्रधानमन्त्री ओलीको शरीरमा एन्टिबडी बढेको थियो। हाल एन्टिबढी घटाउन उपचार विधि भइरहेको छ। आगामी बुधबार उपचार सकिने छ। त्यसपछि शुक्रबार प्रधानमन्त्री ओली स्वदेश फर्किने जनाइएको छ।




प्रतिक्रिया

One thought on “प्रधानधानमन्त्री ओलीलाई भेट्न गौतम र पौडेल सिङ्गापुर जाँदै

  1. Hahaha what a good oppertunity to spend vacation, such a beautiful country and fully funded by public.isnt it? There are already some many people with him there why would he need you there. Wat?are you gonna take care of him? Are you his family member or nurses. Instead you probably got somebody around coming with you to taking care of you. What? Are you opening a bank account there too?and They need to you to physically present there, aren’t they?
    Bring prachanda too, he has more money then you guys. Singapore will honor with direct citizenship if you have a lot of money.
    Why would he need you if he is going back on friday?

Leave a Reply

Your email address will not be published. Required fields are marked *