आन्तरिक विमानस्थल भित्र सेवा सुबिधा थप्ने काम सुरु भयो: उड्डयनमन्त्रि भट्टराई

डिसी नेपाल
२० भदौ २०७६ १५:२२

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रि योगेश भट्टराईले आन्तरिक विमानस्थल भित्र सेवा सुबिधा थप्ने काम सुरु भएको बताएका छन्।

शुक्रबार काठमाडौँमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक भवनमा लगेज बेल्टको शुभारम्भ गर्दै मन्त्रि भट्टराईले देश भित्र संचालनमा रहेका सबै बिमानस्थलमा यसैगरि सेवा थपिदै जाने बताएका हुन्।

काठमाडौं लगायत देश भित्रका विमानस्थलहरुमा पर्यटन वर्ष २०२० लक्षित कार्यक्रम पनि लागू हुने बताए। सरकार नागरिकलाई सेवा सुबिधा दिन सधै तयार रहेको बताउँदै मन्त्रि भट्टराईले आन्तरिक तर्फको विमानस्थलहरुको भौतिक संरचना र सेवाको विस्तार गर्दै लैजाने बताए।

आजबाट सुरु भएको लगेज बेल्टले सेवाग्राहीको सामानको सुरक्षा हुने, लगेज छिटो प्राप्त गर्न सकिने विमानस्थल प्रशासनले बताएको छ।

यस अघि यात्रु ओसार्ने गाडीको पछाडी झुन्ड्याएको कन्टेनरमा समान ल्याउने गरिन्थ्यो र बायुसेवाका कर्मचारीले टिकट संगै सामानमा लगाएको ट्यागको नं सोधेर सामान जिम्मा लगाउथे। अब यो सबै झन्झट हटेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *