४ तले घर प्लाष्टर गरिरहेका मजदुरको खसेर ज्यान गयो

डिसी नेपाल
२१ भदौ २०७६ ८:४३

भक्तपुर । भक्तपुर नगरपालिका–७ ग्वाछे टोलमा गणेश सुवालको चारतल्ले पक्की घरको तेस्रो तल्ला बाहिर प्लाष्टर गर्ने क्रममा बाँसको खटबाट खस्दा शुक्रबार एकजनाको ज्यान गएको छ ।

बाँसको खट भाँचिदा खसेर दुईजना घाइते भएको र घाइतेमध्ये भारत घर भई हाल काभ्रे जिल्ला बनेपा बस्ने ५० वर्षीय राजु अन्सारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

अर्का घाइते भारत घर भई काभ्रे बनेपामा नै बस्ने १८ वर्षीय सहजात अन्सारीको ट्रमा सेन्टर काठमाडौँ सिफारीश भएको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *