‘चितुवाले २४ जना मारिसक्दा पनि सरकारले केही गरेन’

डिसी नेपाल
२२ भदौ २०७६ १५:३४

काठमाडौं। सांसद दामोदर भण्डारीले बैतडीका तीन स्थानीय तहमा चितुवाले २४ जनाको ज्यान लिइसक्दा पनि सरकारले समस्या समाधानमा ध्यान नदिएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको आईतबारको सुन्य समयमा बोल्दै उनले जनताको ज्यान जोगाउन सरकारको ध्यानाकर्षण गरे।

‘बैतडीको सीमावर्ती क्षेत्रमा तीन वटा स्थानीय तह छन् – बेलौनी नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका। ७ वर्ष देखि यहाँका जनतालाई नरभक्षी चितवाले आक्रान्त पारेको छ,’ संसदमा बोल्दै सांसद भण्डारीले भने, ‘यही भदौ २१ गते शुक्रबार साँझ शिवनाथ गाउँपालिका २ का ७ वर्षीय बालक सुदिप पौडललाई आँगनबाटै चितुवाले आक्रमण गरी जंगलमा लगि मारेको छ।’

उक्त क्षेत्रमा चितुवाको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको उनले जनाए । यस सम्बन्धमा संसदमा पटक–पटक आवाज उठाउँदा पनि सरकारले केही नगरेको आरोप उनले लगाए। अहिले पनि उक्त क्षेत्र आतंकित रहेको जनाउँदै उनले चितुवा आतंक समाधान गर्न सरकारको ध्यानाकर्षण गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *