शक्तिखोरमा बलेरोको ठ*क्करबाट बालकको मृ*त्यु

डिसी नेपाल
२३ भदौ २०७६ ८:३२

चितवन । कालिका नगरपालिका–९ शक्तिखोरमा बलेरोको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोर्खा जिल्ला घर भई हाल शक्तिखोरमा आमा बाबुसँग बस्दै आएका हासिल मियाँको छोरा हमिद रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना ४ च २५५८ नम्बरको बलेरोले बालकलाई आइतबार साँझ ७ः३५ बजे ठक्कर दिएको थियो।

बलेरोको ठक्करबाट घाइते बालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति ८ः५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। बलेरो प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको र खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *