उपनिर्वाचनका लागि दल दर्ता गर्ने नेकपाको निर्णय

डिसी नेपाल
२५ भदौ २०७६ १७:५१

काठमाडौं। सत्तारुढ दल नेकपाको बुधबार बसेको सचिवालयले बैठकले उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ।  बैठकले यही महिनाभित्र दल दर्ता गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनले दल दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गर्नका लागि महासचिब विष्णु पौडेललाई जिम्मेवारी दिइएको बताए। उनले पार्टीको एकीकरण सन्दर्भमा छलफल गर्न छिटै सचिवालय बैठक बस्ने जानकारी समेत दिए।

रिक्त रहेका विभिन्न ५१ स्थानका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *