अबिरल वर्षाका कारण सडक भाँसिदा पासाङ ल्हामु राजमार्ग पूर्ण रुपमा बन्द

फाइल फाेटाे
रसुवा । रसुवाको पासाङ ल्हामु राजमार्ग आज साँझदेखि पूर्णरूपमा बन्द भएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईका अनुसार अबिरल वर्षाका कारण आज साँझ करीब ५ बजे कालिकास्थान ग्राङबीचको राम्चे भिर नजिक राजमार्ग भासिँदा राजमार्ग पूर्णरूपमा क्षति हुँदा सवारी आवागमन बन्द भएको हो।
सो सडक नेपाल–चीनबीचको व्यापारिक एकमात्र राजमार्ग भएकाले छिटोभन्दा छिटो राजमार्ग सञ्चालनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको सहायक प्रजिअ भट्टराईले जानकारी दिए।
राजमार्ग सञ्चालन गर्न कम्तीमा एक हप्ता लाग्ने अनुमान रहेको छ। राजमार्ग पूर्णरूपमा बन्द हुँदा एकातिर काठमाडौँ–रसुवाको सिधा यातायात सम्पर्क टुटेको छ।
पहिरो स्थल सदरमुकाम धुञ्चेबाट करीब १५ किमी दक्षिणमा रहेको छ। काठमाडौँबाट रसुवा आउने सवारीसाधनलाई कालिकास्थानमा र रसुवागढीबाट काठमाडौँ जाने सवारीसाधनलाई धुञ्चेमा रोकिएको ट्राफिक प्रहरीले बताएको छ।रासस
Facebook Comment
ताजा भिडियो
धेरै पढिएको
- हप्ता
- महिना