स्थानीय तहले सर्वसाधारणको मन जित्नुपर्छः मुख्यमन्त्री पौडेल

डिसी नेपाल
२५ भदौ २०७६ २३:५३

काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहले सबै तहका सरकारको प्रतिनिधित्व गर्दै सर्वसाधारणकोे विश्वास जित्नुपर्ने बताएका छन्।

आज मकवानपुरको भीमफेदी गाउँपालिकाको कार्यालय भवनको शिलान्याश गर्दै मुख्यमन्त्री पौडेलले स्थानीय तह सफल भए समग्र सरकार सफल हुने र जनताको राज्यप्रति विश्वास बढ्ने धारणा राखे।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकार ऐतिहासिक र चिरपरिचित थलोका रुपमा रहेको भीमफेदी बजारलाई विगतका झैँ चहलपहलयुक्त बनाउन योजना प्रस्तुत गर्न अनुरोध गरे। उनले भीमफेदीलाई मकवानपुरका ऐतिहासिक र पर्यटकीय शहरका रुपमा विकास गरिनुपर्ने बताए।

कार्यक्रममा मकवानपुर जिल्लाका समन्वय समितिका प्रमुख रघुनाथ खुलालले ठेकेदारका कारण समयमा काम सम्पन्न गर्न नसकेर हैरान हुनुपरेकोे बताउँदै ठेकेदार कम्पनीलाई समयमा काम सक्न अनुरोध गरे। उनले नवनिर्मित भवनका लागि आठ कठ्ठा १० धुर जग्गा उपलब्ध गराएको र समितिमा मौजाद रकम कोषबाट रु एक करोड उपलब्ध गराउने जानकारी दिए।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हिदम लामाले रु ११ करोडको लागतमा चारतले गाउँपालिका भवन निर्माण गरिएको बताउँदै काठको पोलमुक्त भीमफेदी र हरेक घर बिजुलीयुक्त बनाउने काम धमाधम भइरहेको बताए।

गाउँपालिकाले सामाजिक विकाससँगै आर्थिक विकासको काम पनि अघि बढाएको बताए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *