अध्यक्ष तिमिल्सिना र आयरल्याण्डका सभामुख सेनबीच भेटवार्ता

डिसी नेपाल
२६ भदौ २०७६ ०:००

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आयरल्याण्डका सभामुख सेन ओ फेरगेलले आज भेटवार्ता गरेका हुन्।

नेपाल भ्रमणमा रहेको सभामुख सेन नेतृत्वको प्रतिनिधिमण्डले अध्यक्ष तिमिल्सिनासँग सिंहदरबारस्थित उनको कार्यकक्षमा भेटवार्ता गरेको हो ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र आयरल्याण्डको दुई पक्षीय सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको बताएको अध्यक्षको सचिवालयले जनाएको छ।

भेटमा आयरल्याण्डका सभामुख सेन ओ फेरगेलले आयरल्याण्ड सानो मुलुक भए पनि युरोपियन युनियनमा सक्रिय रहेकाले नेपाली जहाजलाई लागेको प्रतिबन्ध हटाउन पहल गर्ने बताएका थिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *