पत्रकार उपचार कोषमा हेटौँडा उपमहानगरपालिकाद्वारा ४ लाख सहयोग

डिसी नेपाल
२८ भदौ २०७६ ८:२१

हेटौँडा । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले सञ्चालन गरेको पत्रकार उपचार कोषमा हेटौँडा उपमहानगरपालिकाले रु चार लाख सहयोग गरेको छ।

उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, पत्रकार उपचार कोषका संयोजक सरिता दाहाल, उपाध्यक्ष कुमार अधिकारीलगायतलाई सो शुक्रबार सो रकम हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण गर्दै प्रमुख महतले आफ्नो कार्यकालभरिमा उपचार कोषमा रु २० लाख पुर्याउने बताए । पत्रकारले दुःख पाएको बेलामा उपमहानगरपालिका सधैँ साथमा रहेको उनको भनाइ थियो।

महासङ्घका अध्यक्ष हुमागाईंले उपचार कोषमा हालसम्म रु नौ लाख सङ्कलन गरिएको बताए । यसअघि उद्योग सङ्घ मकवानपुरका अध्यक्ष नवराज अर्यालले रु दुई लाख र शिवम् सिमेन्ट उद्योगले रु तीन लाख सहयोग गरेको उनले जानकारी दिए ।

मकवानपुरका पत्रकार गम्भीररुपमा बिरामी परेमा उपचार कोषको ब्याज रकमबाट सहयोग गर्ने गरी कोषको स्थापना गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *