स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा पोखरेल नियुक्त

डिसी नेपाल
३१ भदौ २०७६ २२:३८

काठमाडौं । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा वरिष्ठ चिकित्सक रोशन पोखरेल नियुक्त भएका हुन्।

सोमबारको मन्त्रिस्तरीय निर्णयबाट ११औँ तहमा कार्यरत वरिष्ठ मनोचिकित्सक पोखरेललाई सो पदमा नियुक्त गरिएको हो।

निवर्तमान महानिर्देशक सुशीलनाथ प्याकुरेलले भदौ २१ गतेदेखि उमेरहदका कारण अवकाश लिएका थिए। महानिर्देशक पदमा १२औँ तहको चिकित्सक हुनुपर्ने प्रावधान छ।

एघारौँ तहका वरिष्ठतम् भएकाले पोखरेललाई महानिर्देशकको जिम्मेवारी दिइएको स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। उनी लामो समयदेखि विराटनगरस्थित कोशी अञ्चल अस्पतालको निर्देशक पदमा कार्यरत थिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *