बिहानदेखि अवरुद्ध कुलेखानी–फाखेल सडक सुचारु
हेटौँडा । हेटौँडा–कुलेखानी सडकअन्तर्गत पर्ने इन्द्रसरोवर गाउँपालिका–२ सल्लेमा खसेको ठूला–ठूला ढुङ्गा हटाई आज बिहान ७ः३० बजेदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको फाखेल प्रहरी चौकीले जनाएको छ।
उक्त सडकमा हिजो करीब ९ः०० बजे राति पनि सुक्खा पहिरो गई यातायात सेवा अवरुद्ध भएको थियो। स्थानीय बासिन्दाले दिएको सूचनाका आधारमा फाखेलका प्रहरी टोलीले त्यसतर्फ गई राति करीब ११ः३० बजे पहिरो हटाएको फाखेल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भरतकुमार कुल्मीले जानकारी दिए ।
सल्ले सडकखण्ड काठमाडौँसँग जोडिएको मकवानपुरको दुई किलोमिटरभित्र पर्दछ । आज बिहान चाँडै काडमाडौँबाट आएका टाटासुमो यातायात उक्त ढुङ्गा खसी अवरोध भएको ठाउँमा घण्टौ कुर्नुपरेको स्थानीयवासी रामबहादुर थापाले जानकारी दिए। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment