No ads found for this position
No ads found for this position

इण्डो–नेपाल पिकलबल भोलीबाट

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२ असोज २०७६ १८:२६
No ads found for this position

काठमाडौं। नेपालमा नौलो खेलको सुरुवातको रुपमा रहेको इण्डो–नेपाल पिकलबल च्याम्पियनसिप शुक्रबारबाट हुने भएको छ ।

ग्यालेक्सि स्कुलमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका २० र भारतका २० गरी ४० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । पुरुष र महिला गरी एकल तथा युगल एवं मिश्रित जोडी गरी पाँच विधामा प्रतिस्पर्धा गराइने नेपाल पिकलबल संघका अध्यक्ष उमेश आचार्यले जानकारी गराए ।

अमेरिकाबाट शुरु भएको तथा युरोप, एशिया र दक्षिण एशियाको भारतमा समेत चर्चित भइसकेको खेल नेपालमा पनि विकास र विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको एशियन पिकलबल संघका महासचिव अमित कुमार राणाले जानकारी गराए । उनी उक्त प्रतियोगिताका लागि नेपाल आइसकेका छन् । नेपालमा यस खेलको विकास र विस्तार गर्ने उद्देश्यले सन् २०२० मा एक अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सोँच बनाएको महासचिव राणाले बताए ।

यसका साथै भारतीय खेलाडीहरु बिहीबार नेपाल आईपुग्ने नेपाल पिकलबल संघका अध्यक्ष आचार्यले जानकारी गराए । नेपालले यसअघि देहरादुनमा इण्डो–नेपाल पिकलबल च्याम्पियनसिपमा सहभागिता जनाइसकेको छ ।

ब्याडमिन्टन, टेनिस र टेवलटेनिसको मिश्रीत रुप रहेको यस खेल ब्याडमिन्टन कोर्टमा टेनिसको झै नेट र टेबलटेनिसको जस्तै फाईबरको ¥याकेटको प्रयोगले खेलको लागि निर्मित प्लास्टिकबलले टेनिस जस्तै गरि खेलिने छ । टेबलटेनिसमा जस्तै ११ अंकका आधारमा खेलाइने छ ।

सबै उमेरका लागि योग्य यस खेल युरोप र अमेरिकामा निकैनै लोकप्रिय हुनुका साथै एशियामा चाईना, जापान, कोरिया, थाईल्याण्ड, सिंगापुर, भारत लगायत १८ देशमा निकैनै लोकप्रिय रहेको महासचिव राणाले जानकारी गराए । यो खेल कभर्डहल र खुला भुभागमा हार्डकोर्टमा समेत खेल्न सकिने र सबै उमेर समूहका लागि योग्य भएका कारण यस खेलले नेपालमा पनि छिटैनै लोकप्रियता हासिल गर्नेमा आफु विश्वस्त रहेको महासचिब राणाले बताए ।

प्रतियोगिताको उद्घाटन शुक्रबार बिहान १० ः ०० बजे ग्यालेक्सि स्कुलमा हुने नेपाल पिकलबल संघका अध्यक्ष उमेश आचार्यले जानकारी गराए । यस्तै प्रतियोगिताको समापन तथा पुरस्कार वितण शनिबार दिनको ३ ः ०० बजे हुने कार्यक्रम रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *