युरोपा लिगमा युनाईटेडको विजयी सुरुवात

डिसी नेपाल
३ असोज २०७६ ७:१२

काठमाडौं । युरोपा लिग फुटलबमा म्यान्चेष्टर युनाईटेडले काजकिस्तानको एफसी अस्टनालाई हराएको छ । बिहिबार राती भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टानालाई १–० ले पराजित गर्दै लिगमा विजयी सुरूवात गरेको हो।

युवा खेलाडी मासन ग्रिनउडले सिनियर टिमबाट पहिलो गोल गर्दै घरेलु मैदानमा युनाईटेडलाई जित दिलाएका हुन् । बराबरीतर्फ उन्मुख खेलको ७३ औ मिनेटमा ग्रिनउडले युनाईटेडका लागि गोल गरेका थिए ।

त्यसअघि मार्कुस रासफोर्डले धेरै गोलका प्रयास असफल भएका थिए । गोलपछि पनि युनाईटेडले निरन्तर गोलका अवसर गुमाएको थियो । समुह एलमा रहेको युनाईटेडले पहिलो खेलमै ३ अंक जोडेको छ । अस्टना अंक विहिन हुदै तालिकाको पुछारमा छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *