एम्बाप्पेसँग सेल्फी खिच्दा १५ सय युरो जरिवाना, ६ महिना प्रतिबन्ध
पेरिस । फ्रान्सको घरेलु लिग फुटबल लिग-१ मा केही दिनअघि खेल भइरहेका बेला मैदानभित्र पुगेर केलियन एमबाप्पेसँग सेल्फि लिने उनका एक समर्थकलाई १५ सय युरो जरिवाना र ६ महिना प्रतिबन्ध लगाइएको छ। टुलुजको मैदानमा पेरिस सेन्ट जर्मन भिडिरहेका बेला पहिलो हाफको इन्जुरी समयमा एक दर्शक प्यारापिटबाट दौडिएर मैदान भित्र पुगेका थिए जहाँ उनले आफ्ना मनपर्ने खेलाडी एमबाप्पेसँग सेल्फी लिए।
ती दर्शक एमबाप्पेको टिसर्ट पनि चाहन्थे। सुरक्षाकर्मीले तत्कालै ती समर्थकलाई मैदानबाट निकालेका थिए। अदालतमा ती व्यक्तिविरुद्ध ५ सय युरो जरिवाना र एक वर्ष प्रतिबन्दको माग गरिएको थियो। तर अदालतले १५ सय जरिवाना र ६ महिनाको प्रतिबन्धको सजाय सुनायो। अब ती दर्शकले फ्रान्सका कुनैपनि रंगशालामा ६ महिनासम्म प्रवेश गर्न पाउने छैनन्।
फ्रान्समा खेल भइरहेका बेला मैदान भित्र प्रवेश गरि खेल अवरुद्ध बनाएमा १५ हजार युरो जरिवाना र एक वर्षसम्म प्रतिवन्ध हुन सक्ने प्रावधान छ। एमबाप्पे फ्रान्समा पछिल्लो समय सबैभन्दा लोकप्रिय फुटबलर हुन्। गत वर्ष फ्रान्सले विश्वकप उपाधि जित्दा एमबाप्पेको प्रदर्शन निर्णायक रहेको थियो। उनी प्रतियोगिताको सर्वोत्कृष्ट युवा खेलाडी पनि बनेका थिए।
उनी गत सिजन लिग-१ मा सर्वाधिक गोलकर्ता बनेका थिए। यो सिजन भने एमबाप्पे जम्न सकेका छैनन्। पीएसजीले प्रतियोगितामा पाँच खेल खेलिसक्दा एमबाप्पेले केवल एक गोल गरेका छन्। लियोनका मौस्सा डेम्बेले पाँच गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment